अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

लक्ष र योजना

सेवक नेपाल’ नेपालका समग्र अनाथ बालबालिकहरुसँग समर्पित एक राष्ट्रिय अभियान हो ।

संस्थाको परिचय

‘सेवक नेपाल’ नेपालका समग्र बेसाहारा/अभिभावक बिहिन बालिकहरुसँग  समर्पित एक राष्ट्रिय अभियान हो ।
हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै अरुको भरमा परेका बेसाहारा/अभिभावक बिहिन बालबालिकाहरुको खोजि उद्दार तथा दिगो संरक्षण दिलाउने उद्देश्यका साथ मिति २०७० साल असार ६ गते अर्थात २०१३ जुन २० मा दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरु द्वारा “गरीव तथा अनाथ बालबालिका संरक्षण कोष’ को नामले अभियान संचालन गर्दै त्यसको एक वर्षपछि ‘अनाथ बालबालिका संरक्षण कोष’ मा नाम परिवर्तन गरी अभियान विस्तार हुने क्रममा अमेरिका, अस्ट्रेलिया, इज्राईल, क्यानाडा, डेनमार्क हुँदै नेपाल आएर सामाजिक भावना भएका साथीहरुलाई साथमा लिई संस्था दर्ता ऐन २०३४ अनुसार वि.स. २०७२ सार श्रावन २६ गते नेपाल सरकारको विधी-विधानमा रही संस्था दर्ता गर्दा ‘सेवक नेपाल’ रहन गएको हो।

संस्थाको उद्देश्य

बेसाहारा/अभिभावक बिहिन बालबालिकाहरुको खोजि, उद्दार तथा संरक्षणमा जुटि उनीहरुलाई गाँस, बास र कपास असहितको उचित शिक्षादीक्षा दिई समाज र देशप्रति उत्तरदायी, नैतिक तथा चरित्रवान नागरिक बनाउने ।

यस संस्थाको विशेषता,

मानसम्मान र पदप्रतिष्ठाबाट टाढा रही नि:स्वार्थ सेवा भावकासाथ राष्ट्रप्रति समर्पित हुँदै यथाशक्य योगदान पुर्याउनु ।

यस संस्थाको आवशयकता किन ?

  • अभिभावक बिहिन बालबालिकाहरुको संरक्षण तथा वृद्दिविकाशमा उल्लेखनीय काम गरेर जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न ।
  • हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने भावनालाई आत्मसाथ गर्दै सम्पूर्ण नेपाली नागरिकलाई एकता र भाइचाराको सन्देश दिन ।
  • रास्ट्रिय हितमा समर्पित निस्वार्थी युवाहरुको सामूहिक पहलबाट अधिकतम संख्यामा असहाय/अभिभावक बिहिन बालबालिकाहरुको दिगो संरक्षण दिलाउन ।

भावी योजना,

अभियन्ताको संख्यालाई उल्लेखनीय रूपमा वृद्दि गर्दै र आयआर्जनको कार्यक्रमहरुलाई पनि मजबुत बनाइ देशका विभिन्न स्थानहरुमा बालगृह पुर्याउने ।

हाल संस्थाले गर्दै आएका कार्यहरु,

  • बिगतमा ओखलढुंगा, रामेछाप, काभ्रे, म्याग्दी इलाम र दोलखा गरी करीव २५ जना बालबालिकालाई सैक्षिक छात्रवृत्ति प्रदान गरेको ।
  • देशमा भैपरी आउने प्रकोप तथा दैवीप्रकोपहरुमा बेलाबखत राहत वितरणका कार्यक्रमहरु सञ्चालन गरेको ।
  • हाल संस्थाले काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-९ मा ६ रोपनी ११ आना जग्गा खरीदगरी बालगृह निर्माणको काम अगाडि बढाइएको ।
  • काभ्रे जिल्ला मण्डनदेउपुर वडा नं-९, ढाईटार टोलमा २ तले घर भाडामा लिई बालगृह संचालन गरेको र १० जना बालबालिकाले संरक्षण पाएको ।

प्रस्तावना,

अभिभावक गुमाएर बेसाहारा बन्न पुगी शिक्षा-दिक्षाबाट पुरै बन्चित बन्न पुगेका वास्तविक असाहाय बालबालिकाको खोजि उद्दार तथा दिगो संरक्षणमा जुटी उनिहरुलाई गाँस, बास र कपास सहितको उचित शिक्षादीक्षा दिलाउनु यस संस्थाको मुख्य उद्देश्य रहेको छ। भन्नुपर्दा हाम्रा कोही पनि बालबालिका शिक्षादीक्षाबाट बन्चित हुनु नपरोस भन्ने नै हो । हालका दिनमा केही सिमित बालबालिकाहरुलाई मात्र संरक्षण दिन सकिएको भएपनी पछि गएर देशका कुना काप्चामा छरिएर रहेका त्यस्ता धेरै भन्दा धेरै बालबालिकाहरुलाई समेट्ने लक्ष छ । यो संस्था कुनै व्यक्ति विशेषको नाममा खोलिएको प्रतिष्ठान वा एकाध व्यक्तिको स्वामित्वमा चल्ने संस्था नभएर समग्र देश र समाजको लागि अझ भनौ अनाथबालबालिकाको क्षेत्रमा उल्लेखनीय कार्य गर्न स्थापना गरिएको एक सामुहीक संस्था हो । बिदेशीहरुको सहयोगबाट संचालित हुने नभइ अभियन्ताहरुले आफु-आफुबाटै सहयोग राखी कार्य गर्ने संस्था भएकोले अभियानमा समावेसिता र सहभागिता जनाइ सबैको अपनअत्व रहने गरी कार्य गर्नेछ ।

आर्थिक पाटो,

अभियन्ताहरुबाट प्राप्त सदस्यता शुल्क तथा परोपकारी मनहरुले ईच्छाले दिएको सहयोग नै यस अभियानको आयश्रोत हो तथापि आयआर्जनको कार्यक्रमलाई समेत प्राथमिकतामा राखि कार्य अघि बढाइने सोच रहेको छ । यस अभियानलाई अझ बृहत रुपमा विस्तार गरी हरेक नेपालीको कोठा-कोठा सम्म पुर्यायर नमुना अभियानको रुपमा विकाश गर्ने हाम्रो साझा लक्ष रहेको छ । अर्को कुरो जुनसुकै परोपकारी काम गर्दा आर्थिकमा पारदर्सिता हुन जरुरी भएकोले हामीले सुरुका दिनदेखि नै व्यवस्थित र पारदर्सिता बनाउँदै आइरहेकाछौं । खर्चहरुमा अत्यन्तै मितव्यियता अपनाउँदै आईरहेका छौँ । भनाइको मतलव हो- खर्च हुन्छ त त्यस्ता बालबालिकाको सिधै पोल्टामा पुगेको खण्डमा मात्र हुनेछ ।

अपिल,

देशमा च्याउसरी उम्रिएका संघ संस्थाहरुको बीचमा एक अर्को संस्था खडागरी राज्यलाई अनावश्यक भार बोकाउन चाहेको नभइ उल्लेखनीय कार्य गरेर दिने मनसाय अनुरुप गठन गरिएको यस संस्था भएकोले देश बिदेशमा रहेका सम्पूर्ण देशप्रेमी युवाहरुलाई समावेस गराइ एक रास्ट्रिय अभियानको रूपमा अभियान बिस्तार गर्दै धेरै भन्दा धेरै अभिभावक बिहिन बालबालिकाहरुको अविभावकत्व रहने गरी संरक्षण दिलाउने यस कार्यमा सहभागी जनाउन  हाम्रा नेपाली दाजुभाई तथा दिदिबहिनी समक्ष आग्रह गर्दछौ। जसमा हाम्रो हरेक पारिश्रमिकबाट सानो-सानो अंस कटाएर दिदा हामी आफूलाई पनि खासै असर नपर्ने र उनीहरुको जीवनमा पनि तात्वीक प्रभाव ल्याउन सकिन्छ भन्ने लागेर हामीले यस अभियानलाई विस्तार गर्दै आर्थिक संकलनमा जुटेका हौ । त्यसकारण जँहा हुनुहुन्छ, जति सकिन्छ र जसरी सकिन्छ, आर्थिक सकिन्छ आर्थिक, भौतिक वा नैतिक जे सकिन्छ त्यही सहयोग पुर्याउनु भइ यस महान एबं पवीत्र कार्यलाई सघाउन हुन अनुरोध गर्दछौ ।

धन्यबाद !