अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

हाम्रो वारेमा

म संसारलाई चाहिने सबै चीजहरू गर्न सक्दिन तर संसारलाई सबै चीजहरू चाहिन्छ जो म गर्दछु

संस्थाको परिचय

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै अरुको भरमा परेका बेसाहारा /अनाथ बालबालिकाहरुको खोजि उद्दार तथा दिगो संरक्षण दिलाउने उद्देश्यका साथ मिति २०७० साल असार ६ गते अर्थात २०१३ जुन २० मा दक्षिण कोरियामा काम गर्न गएका नेपालीहरु द्वारा “गरीव तथा अनाथ बालबालिका संरक्षण कोष’ को नामले अभियान संचालन गर्दै त्यसको एक वर्षपछि ‘अनाथ बालबालिका संरक्षण कोष’ मा नाम परिवर्तन गरी अभियान विस्तार हुने क्रममा अमेरिका, अस्ट्रेलिया, इज्राईल, क्यानाडा, डेनमार्क हुँदै नेपाल आएर सामाजिक भावना भएका साथीहरुलाई साथमा लिई संस्था दर्ता ऐन २०३४ अनुसार वि.स. २०७२ सार श्रावन २६ गते नेपाल सरकारको विधी-विधानमा रही संस्था दर्ता गर्दा ‘सेवक नेपाल’ रहन गएको हो।

संस्थाको उद्देश्य

गरीव तथा अनाथ/असाहाय बालबालिकाहरुको खोजि, उद्दार तथा संरक्षणमा जुटि उनीहरुलाई गाँस, बास र कपास असहितको उचित शिक्षादीक्षा दिई समाज र देशप्रति उत्तरदायी, नैतिक तथा चरित्रवान नागरिक बनाउने ।

संस्थाको विशेषता

मानसम्मान र पदप्रतिष्ठाबाट टाढा रही नि:स्वार्थ सेवा भावकासाथ राष्ट्रप्रति समर्पित हुँदै यथाशक्य योगदान पुर्याउनु ।

भावी योजना

अभियन्ताको संख्यालाई उल्लेखनीय रूपमा वृद्दि गर्दै र आयआर्जनको कार्यक्रमहरुलाई पनि मजबुत बनाइ देशका विभिन्न स्थानहरुमा बालआश्रम पुर्याउने ।

संस्थाको आवशयकता

अनाथ बालबालिकाको संरक्षण तथा वृद्दिविकाशमा उल्लेखनीय काम गरेर जिम्मेवार नागरिकको कर्तव्य पूरा गर्न ।

हाम्रो वारेमा

हामी देशबाट लिने होईन सकेजति देशलाई दिन चाहान्छौ । तर हामी आफै मरेर पनि दिन सक्दैनौ, हामी आफू परिश्रम गरेर सजिलै बाच्न सक्नेहरुले आफू पनि बाचेर देशलाई पनि योगदान पुयाउन चाहान्छौ । थोरै या धेरै जे जति कमाउछौ हामी आफ्नो हरेक महिनाको कमाइको अनूपातबाट सानो-सानो अम्स छुट्यायर जो देशमा अनाथ असहाय छन्, जसको अभिभावक सबै गुमाउन पुगेर वा नाजुक आर्थिक अवस्थाका काराण शिक्षादीक्षा बाटै बन्चित हुन पगेकाछन् ’emको खोजीनीति गरि ’emको उचित संरक्षणमा जुटिरहेकाछौ र जुटिरहनेछौ । हामी कुनै NGO/INGO हैनौ र कसैको निजि सहयोगबाट चलेका पनि छैनौ, हामी आफु-आफैबाट हरेक महिनै पिच्छे सहयोग छुट्यायर अभियान संचालन गर्दै आइरहेकाछौ र यसलाई निरन्तर दिनेछौं । संस्थामा आबद्द भएर नियमित सहयोग गर्दै जानेलाई “अभियन्ता” भन्ने गरेका छौं । सोजो अर्थमा भन्नु पर्दा हामी यस संस्थाको अभियन्ता अर्थात भोलीयन्टियर हौँ । यस संस्थाका अभियन्ता बाहेक अन्य महानुभाबहरुले स्व बिबेकले निशर्त सहयोग गर्न चाहानु हुन्छ भने हामी आभार साथ लिनेछौ, शर्तको सहयोग लिनेछैनौ । र फेरि यति सहयोग दिनुहोस उति सहयोग दिनुहोस भनेर कदापि हात फैलायर भने जादैनौ । यसमा सरकारी तथा दात्री निकायको पनि खासै सहयोगको अपेक्षा राख्दैनौ न कि हामी यस कार्यको कुनै प्रतिफल नै खोज्छौ । हामी निरन्तर जसरि बढिरहेका छौ त्यसरी नै अगाडी जानेछौ । बरु हुन सक्छ भने यस अभियानमा प्रतक्ष रुपमा साथ दिन भने सबै विवेकशील नेपालीहरु माझ हार्दिक आवाहन गर्दछौ किन भने यो देश हामी सबैको हो । हिजो एक जन बाट सुभारम्भ भएर आज असि पचासिऔ जनामा पुगेकाछौ, यसो हुदै भोलि सय, दुई सय, पाच सय हुदै हजार पुग्न सक्यौ भने हामीले एउटा साच्चिकै गौरवसाली काम गरेर देशलाई दिन सक्छौ । यो देस हामी सबैको हो । पूर्वको एक नेपालीलाई चोट लाग्दा पश्चिमको नेपालीलाई दुख्नु पर्छ र उतरको नेपालीले आसु झार्दा दक्षिणको नेपालीले पुछ्नु पर्छ । हो हाम्रो अभियानको सार यही हो । “जसको कोहि छैन उसको लागि हामी ” भन्ने मूल नाराका साथ हामी अघि बढिरहेकाछौ l