अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

”सेवक नेपाल” अभियानमा यहाँलाई स्वागत छ !

हाम्रो वारेमा

हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्नेहरुले केही गर्न नसक्ने अर्थात सधै अरुको भरमा परेका अनाथ/असहाय बालबालिकाहरुको खोजि उद्दार तथा दिगो संरक्षणको निम्ति २०७० साल असार ६ गते अर्थात २०१३-जुन-२० मा दक्षिण कोरियाबाट “अनाथ बालबालिका संरक्षण कोष”को स्थापना गरेका थियौ जस्मा हाम्रो हरेक पारिश्रमिकबाट सानो सानो भाग कटाई निस्वार्थ भावले जम्मा गर्दै आयौ र पछी त्यसलाई थप विकाश र बिस्तार गर्ने क्रममा अमेरिका, इज्राईल, क्यानाडा, मलेसिया साउदिअरेबिया हुँदै नेपाल आएर २०७२ साल श्रावन २६ गते नेपाल सरकारको विधि विधानमा रही दर्ता गर्दा सेवक नेपाल रहन गयो र “सेवक नेपाल”को नामले अभियान चारैतिर फैलदै गयो र अझै सो क्रम जारि छ । यस संस्थाको उद्देश्य देशैभरिका देशप्रेमी युवाहरुलाई यस अभियानमा समेट्दै रास्ट्रीय अभियानको प्रारुप दिने र हामी हरेकबाट आएको सानो सानो स्वैच्छिक सहयोगले पनि अनाथ बालबालिकाको क्षेत्रमा ठुलो उद्दारको काम गर्ने लक्ष हो । यदि यहाँको पनि देश र समाज प्रति केहि गरौ भन्ने सोच छ भने कृपया आउनुहोस सहकार्य गर्दै अघि बढौं।

सेवा नै धर्म हो

तपाइँ कसरी "सेवक नेपाल"मा योगदान पुर्याउन चाहानु हुन्छ ?

सेवा नै धर्म हो

हाम्रा कर्यक्रमहरु

सबै कार्यक्रम
हामी सँग जोडीनुहोस्

ताजा समाचार

2021 1st Baishakh

The day was just awesome to be in it

  • २०७८ असार १५, मंगलवार ०४:३१
सेवक नेपालले बृहत बाल आश्रम काभ्रेको कुन्ताबेसिमा राख्ने तयारी

‘सेवक नेपाल’ले यही मिति : २०७६ साल बैशाख २८ गते काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-९ धाइटारमा…

  • २०७८ असार १०, बिहीबार १७:३५
आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

हामीमा आश्रित दस जना असहाय बालबालिकाहरुको लागि यो पटकको पठन पाठन सम्बन्धी राहत यसरी पठाईयो . . .

  • २०७८ असार १०, बिहीबार १७:३३

एक स्वयम्सेवक बन्नुहोस्

सेवा नै धर्म हो

    सेवक नेपालको अभियन्ता बन्नु किन ?

    • नेपालका अबिभावक बिहिन बालबालिकाहरुको अबिभावक बन्न ।
    • रास्ट्रीय गौरबको अभियानमा आफू सहभागी हुन ।
    • प्रत्यक्ष वा अप्रतक्षरुपमा रास्ट्रमा योगदान पुर्याउन ।
    • परोपकारी भावना भएका नेपालिहरुसँग पारस्परिक सम्बन्ध गास्न ।
    • आफुले पुर्याएको योगदानको श्रेय आफैँलाई मिल्न ।
    • संस्थामा समान हैसियत र मर्यादा रहने गरि अपनवत्व कायम रहन ।
    • समाजमा आफुले पुर्याएको योगदानको सही सदुपयोग भइ उचित कदर सहित आत्मसन्तुष्टि मिल्न ।
    • आफ्ना सन्ततिलाई सामाजिक भावना जागृत गराउँदै समाज र रास्ट्रपति बफादार र जवाफदेही बनाउन ।