अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

‘सेवक नेपाल’मा जोडिएर रहने माध्यमहरु

सहयोगी

आफ्नो गच्छे अनुसार आर्थिक, नैतिक, भौतिक लगाएत अन्य सानो ठूलो सहयोग गर्ने व्यक्ति नै सहयोगी हुन् ।

दाताको मूल्यांकन

हरेक सहयोगीको योगदानलाई उच्च सम्मान रहने गरि संस्थाको वेबसाईट तथा कार्यकक्षमा क्रमश : नामावली खुलाएर राखिने छ । सबै सहयोगीहरुलाई उच्च सम्मान गर्दै गर्दा पनि सहयोगको प्रकिति र सहयोगीको अवस्था हेरी संस्थाले उचित मूल्यांकन भने अवस्य राख्ने छ ।

दाता

 संस्थाको लागि जग्गा, भवन,पानीको मुहान, ठूलो मात्रामा आर्थिक दान आदि गर्ने महानुभावहरुलाई दाताको रूपमा लिईएको छ ।

दाताको मूल्यांकन

योगदानको आधारमा संस्थाले उचित मूल्यांकन राख्नेछ । तीनपुस्ते नाम, ठेगाना र फोटो सहित सम्पूर्ण विवहरण डिजिटल प्रविधिबाट संस्थाको कार्यालयमा खुलाएर राखिनुको साथै संस्थाको वेबसाइट, ब्रोसर, क्यालेन्डर तथा स्मारिकाहरुमा समेत दाताहरुको फोटो सहित विवहरण रहने छ ।

विशेष सहयोगी

रु. ५०००० भन्दा माथि आर्थीक लगाएत अन्य सहयोग पुर्याउनु हुने महानुभावहरु यस संस्थाका विशेष सहयोगीको भूमिकामा रहनेछन् । र अभियन्ता बनेर रु. ५०००० भन्दा माथि सहयोग पुर्याई अभियान छोडेका अभियन्ताहरुलाई पनि यस संस्थामा विशेष सहयोगीको रूपमा लिईनेछ ।

विशेष सहयोगीको मूल्यांकन

योगदानको आधारमा संस्थाले उचित मूल्यांकन रहने गरि सम्मान राख्नेछ ।  साधारणतया संस्थाको कार्यकक्षमा विशेष सहयोगीहरुको फोटो बिबहरण सहित नामावली राखिनुको साथै वेबसाइट, ब्रोसर, तथा स्मारिकामा समेत जनाएर राखिने छ ।

अभियान्ता

यस संस्थामा अभियन्ताको रुपमा आबद्द भई मासिक रुपमा आर्थिक, नैतिक, तथा अन्य सहयोग पुर्याउदै जाने व्यक्ति नै यस संस्थाको अभियन्ता हुनेछन् ।

अभियन्ताको मूल्यांकन

अभियन्ता नै यस संस्थाको संस्थाको मेरुदण्ड हुने भएकोले संस्थाको कार्यकारी भूमिकामा रहेर काम गर्ने अधिकार केवल अभियन्तामा मात्र रहने छ । र अभियन्ताको तिनपुस्ते नाम, ठेगाना र फोटो सहितको सम्पूर्ण विवहरण डिजिटल प्रविधिबाट संस्थाको कार्यालयमा खुलाएर राखिने छ । साथै संस्थाको वेबसाईट, ब्रोसर, क्यालेन्डर तथा स्मारिकाहरुमा समेत अभियन्ताहरुको फोटो सहितको विवहरण रहने छ ।