अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

बालगृह, मण्डन्देपुर-९, काभ्रे

बालगृह, मण्डन्देपुर-९, काभ्रे

  • Amreet Neupane
  • २०७८ असार १०, बिहीबार १३:१३

 ‘सेवक नेपाल’ले यही मिति : २०७६ साल बैशाख २८ गते काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका-९ धाइटारमा ‘संस्था परिचय तथा भवन निर्माणार्थ घोषणा सभा’ कार्यक्रम राखेकोमा उक्त कार्यक्रमको प्रमुख अतिथ्यता प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य माननीय श्री लक्ष्मण लम्साल ज्युले गर्नु भएको थियो भने बिशेष आतिथ्यमा सफल व्यवसायी, समाजसेवी तथा ‘सेवक नेपाल’ का अविभावक रुद्र शर्मा ज्युले गर्नु भएको थियो र अर्का बिशेष आतिथ्यताको लागि त्यसै मण्डनदेउपुर नगरपालिकाका प्रमुख (मेयर) टोक बहादुर वाइवा ज्युको रहेको भएता पनि उहाको भने व्यस्तताको कारण उपस्थित हुन सकेको थिएन । स्वागत मन्तव्य ‘सेवक नेपाल’का अर्का अविभावक तथा जेष्ठ अभियन्ता आदरणीय खिल बहादुर खड्का ज्युले गर्नु भएको थियो । त्यसैगरी संस्थाको नीति तथा कार्यक्रम संस्थाका सक्रिय अभियन्ता श्री काशिनाथ रिमाल ज्युले प्रस्तुत गर्नु भएको थियो । सकृय अभियन्ता गोबिन्द गौतम ज्युले कार्यक्रमको सुरुवाती गर्दै संचालनको लागि अर्का अभियन्ता आनन्द बहादुर खड्कालाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रम अबधिभर   अभियन्ता (सचिव) आनन्द बहादुर खड्का ज्युले कार्यक्रमको संचालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनुहुने सबैलाई संस्थाका सकृय अभियन्ता श्री यज्ञ प्रसाद चौलागाई (राम) ज्यु ले धन्यबाद ज्ञापन गर्दै यस महान अभियानको लागि सुरुवातीमै रु. ११११११ सहयोग घोषणा समेत गर्नु भएको थियो ।  कार्यक्रम समापन गर्नु हुने संस्थाको सकृय अभियन्ता (अध्यक्ष) श्रीमती गंगादेबी पौडेलले सबैलाई धन्यबाद दिदै संस्थाले चालु गरेको यस महाअभियानमा सबैले खुलेर साथ र सहयोग गर्न हुन अनुरोध गर्नु भएको थियो ।