अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

आश्रित अनाथ बालबालिकाको लागि पठन पाठन राहत खर्च यसरी पठाईयो ।

  • Amreet Neupane
  • २०७८ असार १०, बिहीबार १७:३३

हामीमा आश्रित दस जना असहाय बालबालिकाहरुको लागि यो पटकको पठन पाठन सम्बन्धी राहत यसरी पठाईयो . . . सप्तरि राजबिराजका ४ जना, रामेछाप गुन्सी भदौरेका २ जना, ईलाम उतरी जमुनाका २ जना र काभ्रे सङ्खु पाटिचौर-१ का २ जना गरि करिब दस जना असहाय बालबालिकाहरुको लागि पठन पाठन सम्बन्धी राहत पठाईयो । जसमा यो नयाँ शैक्षिक सत्र बाट केही राहतमा बृद्दी गरि स्कुल पोसाक,स्कुल ब्याग हुँदै आबस्यक स्टेशनरी ई आदिको लागि तेस्रो महिना सम्मको मासिकी सहयोग समेत जोडि एक मुस्ट रकम पठाईयो । बैशाखको पहिलो हप्ता भित्रमै सबै तिर राहत पठाईसकिएको भय पनि देशमा भुकम्पको त्रासदीले गर्दा सम्बन्धित ब्यक्तिहरु सम्पर्कमा आउन नसकेकोले राहत पुगे नपुगेको जानकारी हुन नसक्दा सार्बजानिक गर्न सकिएको थियन । हाल आयर सबै तिर सम्पर्क भएर राहत पुगिसकेको भन्ने जानकारी आएपछी सार्बजानिक गरेका हौ । हामिले पठाईएको राहतमा बालबालिकाका अबिभाबक /संरक्षक र बिध्यालयका प्राध्यापक सगको साझेदारीमा राहत दिने गरेकाछौ जसले गर्दा बालबालिकालाई निरन्तर स्कुल गैरहन प्रेरणा र दबाब दुबै मिलोस भन्ने हो र भोलिका दिनमा सेल्टर्को ब्यबस्था गरि ती र त्यस्तै अरु सके सम्मका धेरै बालबालिकालाई समेटी संरक्षण दिने योजना भए पनि हालका दिनमा सेल्टरको ब्यबस्था नहुईन्जेल एबं रितले सहयोग पुर्याईदै आएकाछौ । पठाईएको राहतमा, * सप्तरिमा ४ जना बालबालिकाको लागि ९३०० नेपालि रुपैया । १ दुर्गा यादव (कक्षा ८) २ दिपिका यादव (कक्षा ५) ३ पुस्प कुमारी यादव (कक्षा ३) ४ बलराम यादव (कक्षा १) * ईलाममा २ जना बालबालिकाको लागि ३७०० नेपाली रुपैया, १ मौसम भट्टराई (कक्षा नखुलेको) २ अर्चना भट्टराई (कक्षा नखुलेको) * रामेछापका बालबालिकाको लागि ४२०० नेपाली रुपैया, १) बबिता गौतम (कक्षा ४) २) कबिता गौतम (कक्षा १) * काभ्रेका बालबालिकाको लागि ४८०० नेपाली रुपैया, कक्षा ५ र ३ मा अध्यनरत दुई बालबालिकाको नाम नखुलेको हुदा याहा नाम राख्न नसकियकोमा क्षमा चाहान्छौ । राहतका किसिम * १ कक्षा देखि ४ कक्षा सम्म पढ्ने बालबालिकाको लागि पठन पाठन खर्च मासिकि २००, बर्षमा एक जोर स्कुल पोशाक १००० र बर्षमा एक स्कुल ब्याग्को लागि ५०० । * ५,६ र ७ मा पढ्ने बालबालिकाको लागि पठन पाठन खर्च् मासिकी ४००, बर्षमा एक जोर स्कुल पोसाकको लागि १००० र बर्षमा एक स्कुल ब्याग्को लागि ५०० * त्यस्तै कक्षा ८,९ र १० मा पढ्ने बालबालिकाको लागि पठन पाठन खर्चमा मासिकी रु. ५००, बर्षमा एक जोर स्कुल पोशाकको लागि रु. १००० र बर्षमा एक स्कुल ब्याग्को लागि रु. ५०० का दर्ले सहयोग पठाउने गरेकाछौ । तर यो सहयोग ती बालबालिकाको हातमा पैसा थमाउने वा अबिभाबकाले अनाबस्यक खर्च गर्नको लागि नभई यी बालबालिकाको लागि पठन-पाठनमा खर्च गरिनेछ । ….धन्यबाद ! “सेवक नेपाल परिवार”