अबिभावक बिहिन बालबालिकाहरुको खोजी उदार तथा दिगो संरक्षण हाम्रो अभियान

आर्थिक पाटो

आर्थिक पाटो

अभियन्ताहरुबाट प्राप्त सदस्यता शुल्क तथा परोपकारी मनहरुले ईच्छाले दिएको सहयोग नै यस संस्थाको आयश्रोत हो तथापि आयआर्जनको कार्यक्रमलाई समेत प्राथमिकतामा राखि कार्य अघि बढाइने सोच राखेकाछौं ।
अर्को कुरो जुनसुकै परोपकारी काम गर्दा हिसाब-किताबमा पारदर्सिता र अपार्दर्सिताको कुरो सबैभन्दा अगाडि आउने भएकोले यसलाई हामीले सुरुका दिनदेखि नै व्यवस्थित र पारदर्सिता बनाउँदै आइरहेकाछौं । सानातिना खर्चहरु सकेसम्म संस्थाबाट नचलाएर हामीले आफ्नो पकेटबाट चलाइरहेकाछौं र यो निरन्सतर चलिरहनेछ, भनाइको मतलव हो- यस कोषमा जम्मा भएको रकम कही-कतैबाट चुहावट नगर्ने हो । खर्च हुन्छ त त्यस्ता बालबालिकाको पोल्टामा सिधै पुगेको खण्डमा मात्र हुनेछ ।

संस्थाको आर्थिक सम्बन्धि सम्पूर्ण जानकारी लिन परेमा संस्थाका अभियन्ता (९८६१६७९२२८) बुद्द गौतमसग सम्पर्क राख्नु होला ।