लक्ष र योजना

सेवक नेपाल” को साझा लक्ष र योजना

नेपालका समग्र अनाथ बालबालिकहरु सग समर्पित एक राष्ट्रिय अभियानमा साथ दिन हुन देश बिदेशमा रहनु हुने सम्पुर्ण हाम्रा नेपाली दाजुभाई दिदिबहिनी समक्ष हार्दिक उजुर गर्दछौ। हामी आफू सजिलै परिश्रम गरेर बाच्न सक्ने हरुले केही गर्न नसक्ने अर्थात सधै अरुको भरमा परेका बेसाहारा “अनाथ” बालबालिका हरुको उत्थानको निम्ति केहि गरौ भन्ने हेतुले २०७० असार ६ गते कोरिया बाट यस “सेवक नेपाल” को स्थापना गर्नुको साथै “Care for orphan child” अभियान सगै चलायका थियौ । जस्ले गर्दा आज सम्म आइपुग्दा कोरिया हुँदै ईज्राईल, अस्ट्रेलिया र नेपाल सम्म गरि ३१ जना यश अभियानमा लाग्ने अभियानकर्ता र सो भन्दा बढिको सङ्ख्यामा सहयोगी साथिहरुको योगदान ८ लाख भन्दा बढी नेपाली रुपैया जम्मा भैसकेको छ । तर यो अभियान एक रास्ट्रीय अभियान भयकोले धेरै भन्दा धेरै त्यस्ता अनाथ बालबालिका समेट्न यहाहरु सबैको सहयोगको आवश्यकता परेको हो।
जस्मा हाम्रो हरेक पारिश्रमिक बाट सानो सानो अंश कटायर दिदा हामि आफुलाई पनि खासै असर नपर्ने र तिनीहरुको जिबनमा पनि तात्वीक प्रभाब ल्याउन सकिन्छ भन्ने लागेर हामिले यश अभियानलाई बिस्तार गर्दै आर्थिक संकलनमा जुटेका हौ l अबिभाबक गुमायार बेसाहारा बन्न पुगी सिक्षा दीक्षा बाट पुरै बन्चित भयका त्यस्ता वास्तविक असाह्य बालबालिकाको सही परिचान गरि तिनीहरुलाई सिक्षा स्वास्थ्य देखि आश्रय सम्मको पहुच पुर्याउनु यस अभियान्को मुख्य उदेस्य हो, त्यसको अलवा अबिभाबक हुदा हुँदै पनि गरिबीको चपेटामा परि चरम आर्थिक सन्कट्को कारण सिक्षा दीक्षा बाट बन्चित हुन पुगेका बालबालिकाका हरुको हक्मा भने अबिभाबक्को ममता बाट बन्चित नहुने गरि सिक्षा दीक्षाको लागि भरपुर सहयोग तिनिहरुको पोल्टा पोल्टा सम्म पुर्याउनु पनि यश अभियान्को अर्को विशेष पाटो हो।

सारंसमा भन्नु पर्दा हाम्रा कोहि पनि बालबालिका सिक्षा दीक्षा बाट बन्चित हुनु नपरोस भन्ने नै हो lअहिले सुरुको कार्यक्रममा केहि सिमित बालबालिकाहरुलाई पठन पाठन र अत्यावश्यक आधारभूत सामाग्रीहरु खरिद गर्नको लागि राहत दिन बाट चालु गरियको भय पनि पछी गयर यसले कुना काप्चामा छरियर रहेका धेरै भन्दा धेरै त्यस्ता बालबालिकाहरुलाई समेट्ने छ l अबिभाबक पुरै गुमायर ब्यबारिसे बन्न पुगेका साहारा हिन बालबालिकाहरुको हक्मा भने पछि अनाथलय बानाईसके पछि आफ्नै अनाथालयमा ल्याई उचित लालन पालन देखि सिक्षा दीक्षा सबै दिलाउने ब्यबस्था मिलाइनेछ l र यो कुनै व्यक्ति बिशेस स्वार्थको लागि वा एकाध व्याक्तिहरुको स्वामित्वमा केन्द्रित नभयर समग्र देस र समाजको लागि अझ भनौ अनाथ बालबालिकाको क्षेत्रमा पर्यायबाची भयर रहनेछ।

यो कुनै NGO, INGO को रुपमा ढलेर बिदेसी डोनर हरु बाट सहयोग लिदै आफु घुम्ने कुर्सीमा हल्लियर भोग्बिलासी जिबनमा रम्ने नभई हामि आफु आफु बाटै केहि गरौ भन्ने उदेस्य र भाबका साथ् चालु गरियको यस अभियान भयकोले यसमा को अगाडी को पछाडी, को ठुलो को सानो भन्ने नै हुदैन न कि तेरो योगदान यति मेरो योगदान यति भन्ने नै रहन्छ, यो त कुन पहाड कुन तराइ कुन मधेस केहि नछुट्याई समग्र देशकै एक समाबेसी र परोपकारी अभियान भयर रहनेछ । यस अभियानलाई अझ बृहत रुपमा फैलावट गरेर देसका हरेक गल्लि गल्लीको फोहोरको डंगुरमा फ्याकेको जुठो भात टिपेर खान बिबस त्यस्ता बालबालिकाहरुको सहि परिचान गरि धेरै भन्दा धेरैलाई समेट्न सकौ भन्नको खातिर चालु गरियको यो अभियान अहिले नेपाल, इज्राइल हुदै अस्ट्रेलिया सम्म पुगेको छ।

यतिमै मात्र पनि सिमित नरही यस अभियानलाई हरेक नेपालिको कोठा कोठा सम्म पुर्यायर छाड्ने र यसियाकै एक हितकारी अभियानको रुपमा बिकास गर्ने हाम्रो साझा लक्ष हो lअर्को कुरो जुनसुकै परोपकारी काम गर्दा हिसाब किताबमा पारदर्सिता र अपार्दर्सिताको कुरो सबै भन्दा अगाडी आउने भयकोले यसलाई हामीले सुरुका दिन देखि नै ब्यबस्थित बनाउदै आइरहेकाछौ र पछी सम्म पनि यो रित कायमै रहनेछ। त्यसमा बीच बिचमा आइपर्ने प्रशासनिक खर्चको लागि हामि हामि आफ्नो पकेट बाट खर्च चलाइरहेका छौ र पछी सम्म पनि यसै गरि चलाइरहनेछौ भनाइको मतलब यस कोषमा जम्मा भयको रकम कहिँ कतै बाट चुहावट नगर्ने हो । खर्च हुन्छ त त्यस्ता बालबालिकाको पोल्टामा सिधै पुगेको खण्डमा मात्र हुनेछ।

अनाथालय बनाउने बिसयमा भने नेपाल अधिराज्य भर जुनसुकै ठाउ पर्न सक्नेछन जहा कुनै सिमित ठाउठाउ तोकियको हुनेछैन। मुख्य सहर र पूर्ण ग्रामिनको भेग छोडेर स्कुल हस्पिटल बाटो घाटो देखि बिकासका आधारभूत सुविधाहरु सम्पन्न भयको मध्यम बर्गीय स्थान रोजिनेछ जहा सडक तथा अनाथ बालबालिकाको लागि स्वस्छ सफा र मनोरम बातावरणमा हुर्काउन सकियोस भन्ने यसको मुख्य आसय हो। सके सम्म स्थानीय स्रोत साधन बाट निर्मित बाम्बो हरु बाट भबनहरु निर्मित गरिनेछन यदि यो सम्भब नभय अरुनै कुनै नयाँ प्रबिधी बाट सस्तो सुलभ र कम लागत्मा तयार हुने भुकम्प रहित जडान हुनेछन। थोरै खर्च र कम लागतमा धेरै भन्दा धेरै लाभनत्व दिलाउन सकियोस भन्ने यसको मेन ध्याय हुन जान्छ।

हामीले खोल्ने भनियको अनाथलयमा अनाथ बालबालिका र सडक बालबालिकाहरु सबै रहनेछन । सुरुमा कम्तिमा पनि १०० जना बालबालिकाको लागि संरक्षण हुन मिल्ने गरि भबन निर्माण हुनेछन जहा किचेन रुम, बेड रुम, बाथ रुम, टिभी रुम अलग अलग हुनेछन भने रास्ट्रिय झण्डा र रास्ट्रिय परिचान बोकेका पेंटिंग र बिस्व भरका महान व्यक्तिहरुको तस्बिर हरु कम्पाउण्डको वरी परि चित्रण हुनेछन । त्यहाको एउटा अर्को छुट्टै बिसेस्ता हुनेछ जुन यस कोषका जति पनि अभियन्ता र आजिबन सदस्यहरु हुनेछन तिनीहरुको पुरा नाम ठेगाना र तस्बिर सहित डिजिटल टाइपिङ् र पेंटिंग गरि छुट्टै कोठामा ठुलो बोर्डमा सजायर राखिनेछ।

यसको कोषको उद्घाटन देखि हरेक बर्सको बार्सिकी उपलक्ष्यमा ति सबै अभियन्ताहरुलाई र सम्भब भय सम्म सबै आजिबन सदस्यहरुलाई समेत निमन्त्रणा गरि सबैलाई सम्मान एबं अभिनन्दन गरिनेछ ।बाँकी १,२ पटक सहयोग पुर्याउने महानुभाब हरुको हकमा भने सहयोगीको रुपमा जनाउदै नाम ठेगाना फाइलमा जनायर राखिनेछ र त्यस रुममा हरेक अभियन्ता, आजिबन सदस्यताहरुको आ आफ्नो नामको छुट्टै फाइल समेत हुनेछ उहाहरुको फाइलको फ्रन्ट पेजमा पुरै नाम ठेगाना र फोटो सहित टासेर राखिने छ भने त्यस फाइलको भित्रि पेजहरुमा उहा हरुले यस कोषको लागि पुर्याउनु भयको हरेक योगदान र पुरै सहयोगको तिथि मिति सहित जनाउदै लगिने छ ताकी उहा हरुले चाहेको खण्डमा आफ्नो योगदान कति गरिएछ त भन्नको खातिर जुनसुकै समय पनि हेर्न सकियोस साथै सम्पुर्ण अभियन्ता, आजिबन सदस्यता र सहयोगी महानुभाबहरुको सम्पुर्ण बिबहरन वेबसाईट मा समेत राखिदै जाईनेछ । हेर्न चाहानु हुने महानुभाब हरुले www.sewaknepal.org सिधै मा गयर हेर्न सक्नु हुनेछ।

कृपया देस र समाज्को निम्ति सक्दो योग्दान पुर्याउन सबैमा आग्रह गर्दछौ । सक्नु हुन्छ हामी सगै अभियान कर्ता भयर लागौ सक्नु हुन्छ आजिबन सदस्यता या सहयोगी भयर एक पटक मात्र भय पनि सबैले सहयोग पुर्याउ । कृपया त्यस्को लागि सम्पर्क गर्नुहोस

082-10-31458687, buddhagautam17@gmail.com

…..धन्यबाद !

“सेवक नेपाल परिवार”