नीति/नियम

सेवक नेपालमा जोडिएर रहने माध्यमहरु…
१)सहयोगी:-
सेवक नेपालमा सहयोगिको रुपमा रहनको निम्ति तपाईंले कम्तीमा पनि एक पटक आर्थिक सहयोग गरेको हुनु पर्छ।यसै सहयोगलाई आधार मानेर सेवक नेपालको ईतिहासमा सहयोगिहरुको नाम माझ तपाइको नाम पनि अमीट भयर रहने छ जो कहिल्यै हरायर जाने छैन र तपाईले चाहेको बखत खोज्न वा हेर्न सक्नु हुनेछ ।
सहयोगको प्रकार,
जस्तो कि तपाइको जिवनमा कुनै खुशी, उमंगहरु, जन्म दिन, बैवाहिक सम्बन्धको बार्शिक उत्शब तथा भेटघाट वा अन्य पुन्य तिथिको अबशरमा समेत दान-दक्षिणा जस्ता पबित्र उदेश्य लियर पनि सहयोग गर्न सक्नु हुनेछ र सहयोगीको रुपमा दर्ज भयर रहनु हुनेछ।
२)अभियान्ता:-
सेवक नेपालमा अभियान्ताको रुपमा रहन चाहनु हुन्छ भने यस संस्थामा आबद्ध भएको मिति बाट तपाईको आफ्नो आर्थिक अबस्था अनुसार स्वईच्छाले कुनै पनि महिना नबिराई सहयोग गर्दै आउनु पर्ने छ । अभियन्ता भनेको अभियानको मुख्य अंग अभियानकर्ता, सम्योजक या सन्चालक उहीँ नै हुने भयकोले अभियानको पुरापुर दायरा भित्र रहेर अभियान सम्बन्धी पुर्ण रुपले नीति नियम पालना गर्ने हुन्छ ।
र सहयोगको बारेमा,
तपाईं देस बिदेशमा हुनुहुन्छ मासिक रुपमा सहयोग पठाईरहन झन्जटिलो वा समस्या देखा परेमा हरेक महिनाको सहयोग प्रस्ट खुलायर तीन/ चार महिनाको एक चोटि एक मुस्ट गरेर पनि सहयोग पठाउन सक्नु हुनेछ र त्यस्मा तपाइको आर्थिक अबस्था हेरेर स्वईच्छाले आफुले गरेको सहयोग बिच बिचमा थपघट गर्न पनि सक्नु हुनेछ । यश संस्थामा आबद्ध भएको मिति बाट सेवक नेपालमा तपाइको मर्यादा, वा हैसियत पुरानो अभियन्ता सरह रहि तपाईको आफ्नो सुझाब,सल्लाहलाई पनि उत्तिकै स्थान दिईनेछ ।
अभियान्ता बने पछि तपाइले आफ्नो स्थान बाट गर्नु पर्ने अभियान सम्बन्धी आफ्नो दायित्व र जिम्बेवारि भने पुर्ण रुपले पालना गर्नु पर्नेछ । जिम्बेवारी लियर साथिहरुलाई कार्यभारमा सहजता अपनाउनु पर्ने स्थिती देखियमा त्यसमा पनि भरपुर मद्दत गर्नु पर्नेछ ।
अभियान्ता बने पश्चात् यश संस्थाको फेस बुक ग्रुपमा जोडिने छौ समय समयमा छलफल सुझाब संकलन वा सल्लाहहरु भैरहनेछन् त्यस्मा अभियान सम्बन्धी आफुमा लागेको उचित बिचारहरु राख्न सक्नु हुनेछ तर अभियान भन्दा बाहिर गयर कुनै पनि ब्यक्तिगत प्रस्ताब ल्याउन पाईने छैन । कुनै पनि राजनितिक सम्बाद र सम्प्रदाय भड्कने खालका बिचारहरु पनि ग्रुपमा राख्न पाईने छैन, जातिय क्षेत्रीय वा प्रान्तियलाई मात्र आधार मानेर आउने प्रस्ताबहरुलाई पुर्ण रुपमा निस्तेज गरियकोछ त्यस्मा ध्यान दिनु पर्नेछ । साथै प्रत्येक आइतबार बिदाको दिन साँझ पख skype meeting मा सहभगिता जनाएर भाबी योजना र कार्यक्रममा छल्फलमा वा बहस गर्ने छौ।
माथी भनिय झै अभियानमा अभियन्ताको रुपमा आबद्द भयर अभियानको नीति नियम वा दायरा भित्र रहि नियमित सहयोग पुर्याउदै जाने ब्यक्ती नै यश सम्स्थाको अभियन्ता हो तर अभियन्ताले सहयोग गर्न छोडेर ३ महिना देखि ६ महिना नाघेको खन्ड्मा वा संस्था बाट बेखबर भै संस्थालाई बेगर जानकारि लापत्ता हुनु भयको खण्डमा निष्क्रिय भयको ठहर गरि तपाईको नाम अभियान्ता बाट स्वत सहयोगीमा जानेछ र तपाई सहयोगी लिस्टमा रहनु हुनेछ । तर नेपालि ५०००० (पचास हजार) वा सो भन्दा माथी सहयोग पुर्यायर छोडेको खण्डमा भने आजिबन सदस्यता दिईनेछ ।
३) आजिबन सदस्यता:-
एक मुस्ट वा पटक पटक गरि नेपाली ५०००० (पचास हजार) या सो भन्दी माथी सहयोग पुर्याउने जो सुकै ब्यक्तिलाई यश सम्स्थाको आजिबन सदस्यता दिईनेछ । वा समयको हिसाबले मासिकी सहयोग गर्दै आयको करिब पाच बर्ष पूरा भयमा सो बमोजिमको सहयोग एमाउन्ट नपुगेको खण्डमा पनि आजिबन सदस्यता दिईनेछ । यो नियम अभियन्ता साथिहरुमा पनि उहीँ लागू हुनेछ । अभियन्ता साथिहरुले सम्स्थामा आफ्नो योग्दान माथिको दुई तरिका मध्य कुनै पनि एक पूरा भयमा सिधै आजिबन सदस्यता पाईनेछ । र पुन अगाडि सहयोग गर्दै गयमा संरक्षक अभियन्ता हुनेछन् भने सहयोग गर्न छोडेमा आजिबन सदस्यताको रुपमा रहिरहनेछन् ।
४) संरक्षक अभियन्ता :-
यस सेवक नेपालमा तपाईं अभियन्ता भयको मितिले पाच बर्ष नाघेर वा निस्चित नेपाली ५०००० सहयोग पुर्यायर आजिबन सदस्यता पाईसकेपछि पनि अगाडि नियमित सहयोग राख्दै जानुहुनेछ भने तपाईं यस सम्स्थाको संरक्षक अभियन्ता बन्नु हुनेछ । यो क्रमलाई १० बर्ष पूरा गर्नु भयमा तपाईं यस सम्स्थाको सिधै संरक्षक बन्नु हुनेछ ।
तर तपाईं संरक्षक बन्नु भन्दा पहिले १० बर्ष योग्दान नपुर्यायर बिचमा सहयोग टुटाउनु भयको खण्डमा भने आजिबन सदस्यतामा रहनु हुनेछ ।
५) संरक्षक :-
तपाईं यस सम्स्थामा अभियन्ताको रुपमा आबद्द भई नियमित सहयोग राख्दै आजिबन सदस्यता, संरक्षक अभियन्ता पार गर्दै करिब १० बर्ष पुरा गर्नु भयमा तपाईं यस सम्स्थाको संरक्षक बन्नु हुनेछ । र संरक्षकको लागि अर्को प्राबधान पनि छ जो सम्स्थामा उत्कृष्ट योग्दान पुर्याउने ब्यक्ती अभियन्ता भन्दा बाहिरको भय पनि उ सम्स्थालाई सधै अपरिहार्य खाचो देखियमा र दुई तिहाई अभियन्ता साथिहरुको बहुमतले चुनेमा पनि सिधै संरक्षकमा राख्न सकिने छ ।
# बाकी अरु प्रकितिका संरक्षक बाहेक अभियन्ता बाट आजिबन सदस्यता, संरक्षक अभियन्ता हुदै संरक्षक बनेका ब्यक्तिले आफू संरक्षक भैसकेर पनि नियमित सहयोग नटुटाई करिब २५ बर्ष सम्म लगातार सहयोग गरिआयको खन्ड्मा सम्स्थाको प्राङ्गणमा उस ब्यक्तिको नाममा स्मारक बनायर राखिने छ ।
८) दाता :-
७) सम्स्थाको लागि आबस्यक जग्गा दान गर्ने ब्यक्ती मुख्य दाता हुनेछ । त्यस पश्चात् भौतिक बस्तुहरु जस्तै सेल्टर निर्माणर्थ सिमेन्ट, झ्याल,ढोका,फर्निचर ,धारा, पानी,भान्छा सामग्री,रुख बोटबिरुवा,लत्ताकपडा,स्टेसनरी सामग्री …… आदि इत्यादी को सहयोग गर्नु हुने तपाईहरुलाई दाताको रुपमा राख्ने छौ। ई माथिका कुराहरुको दान गरेर सदैब एउटा असल दाताको रुपमा पनि रहन सक्नु हुने छ ।
र सम्स्थाले उहाहरु हरेकको योग्द्दानको कदर निम्न तबरले गर्नेछ …
# आजिबन सदस्यता प्राप्त गरिनसकेका अभियन्ता साथिहरुको हक्मा उहाहरुको नाम, ठेगाना, तस्बिर सहित हरेक सहयोगलाई वेबसाईटमा क्रमश जनाउदै लगिनुको साथै उहाहरु हरेकको नामको सम्स्थामा अलग फाईल समेत राखिनेछ । त्यसै गरि उहाहरुलाई सम्स्थाको हरेक बार्शिकी कार्यक्रमहरुमा बोलायर सम्मान पत्र सहित खादा ओडायर सम्मान गरिनेछ । तर सम्स्थामा योग्दान पुर्यायको मितिले करिब पाच बर्ष पूरा भयर अगाडि बढेको अथवा आजिबन सदस्यता प्राप्त गरेको मिति देखि पनि पुनः अगाडि सहयोग गरिरहेको खन्ड्मा संरक्षक अभियन्ताको दर्जा दिई उहाहरुको तीन पुस्ते नाम ठेगाना र तस्बिर सहित डिजिटल टाइपिङ र पेन्टिङमा सजायर राखिनुको साथै उहाहरुले गरेको हरेक योग्दान्लाई पनि प्रस्ट खुलायर बोर्ड्मा क्रमश चडाउदै लगिनेछ । त्यसै गरि हरेक बर्षको बार्सिकी कार्यक्रममा उहाहरुलाई बोलायर सम्मान पत्र सहित खादा ओडायर सम्मान गरिनेछ ।
# आजिबन सदस्यता को हकमा ;
सिधै आजिबन सदस्यता प्राप्त गरेका या अभियन्ता बाट आजिबन सदस्यता सम्ममा पुगेर सहयोग गर्न छोडेका साथिहरुको हकमा उहाहरुको नाम ठेगाना तस्बिर र हरेक सहयोग सहित वेबसाईटमा क्रमश आजिबन सदस्यताको क्याट्गरिमा जनायर राखिनुको साथै सम्स्थामा वहाहरुको नामको पनि अलग फाईल रहनेछ । त्यसै गरि सम्स्थाको सजावटी कक्षमा समेत उहाहरुको तीन पुस्ते नाम ठेगाना र तस्बिर सहित डिजिटल टाईपिङ पेन्टिङ मा सजायर राखिनेछ साथै उहाहरुको योग्दान्लाई बोर्ड्मा क्रमश जनायर राखिनेछ । त्यसै गरि हरेक बार्शिकी कार्यक्रमहरुमा समेत अतिथिको रुपमा बोलायर सम्मान गरिनुको साथै आजिबन सदस्यता प्रमाणपत्र बितरन गरिनेछ ।
# संरक्षकको हकमा उहाहरुलाई सम्स्थाको हरेक बार्सिकी कार्यक्रमहरुमा विशेष अतिथिको रूपमा बोलायर समाजका प्रमुख ब्यक्तिको हात बाट सम्मान तथा अभिनन्द गरिनेछ । साथै सम्स्थाको सजावटी कक्षमा उनिहरुको ताम्रा पत्रमा तीन पुस्ते नाम ठेगाना र तस्बिर सहित पर्दसनी कक्षमा सजायर राखिनुको साथै उहाँ बाट भयको प्रतेक योग्दान्लाई समेत प्रस्ट बोर्डमा खुलायर जनाईनेछ । बाकी सबै प्रकितिका मान सम्मान प्रदान गरिनेछ ।
# संरक्षक बनेर पनि अगाडि नियमित सहयोग गर्दै गयर अभियान्मा अभियन्ताको रुप्मा आबद्द भयको मितिले करिब २५ बर्ष पुगेका ब्यक्तिहरुको बिशेष सम्मान सहित सम्स्थाको हरेक बार्शिकी कार्यक्रममा विशेष अतिथिको रुप्मा निमन्त्रणा गरि समाजका विशिष्ट ब्यक्तिको हात बाट अभिनन्दन गरिनेछ । त्यसै गरि उहाहरुको नाममा सम्स्थाको प्राङ्गणमा स्मारक समेत बनायर राखिनेछ ।
# जग्गा दाताको हकमा :-
संरक्षक भन्दा माथिको हैसियतमा राखि
सम्स्थाको हरेक बार्शिकी कार्यक्रमहरुमा बिशेश अतिथिको रुपमा निमन्त्रमा गरि मान सम्मान गरिनुको साथै ताम्रा पत्रमा तीन पुस्ते नाम ठेगाना सहित लेखेर मुख्य दाताको रुपमा पर्द्सनी कक्षमा सजायर राखिनेछ ।
र बाकी प्रकितिका दाता र सहयोगीहरुको हकमा :- सहयोगका प्रकार र नाम ठेगाना सहित क्रमस वेबसाईट देखि सम्स्थाको सहयोगी फाईलहरुमा क्रमशः चडायर राखिनेछ ।
अन्त्यमा: तपाईं सहयोगी,अभियान्ता, संरक्षक अथवा दाता जस्तो रुपमा भए पनि सेवक नेपालमा तपाइको योदानको एक पाई रकम समेत पनि तलमाथी अर्थात हिनामिना हुने छैन तपाईको ब्यक्तिगत सहयोगको प्रत्येक लेखाजोखा सहित पार्दर्शिताको साथ हिसाबकिताब फाईल तथा सेवक नेपालको वेब साइड www.sewaknepal.org मा समेत सुरक्षित रहनेछ।