ABOUT US


हामी देश बाट लिने होईन सके जति देशलाई दिन चाहान्छौ l तर हामी आफै मरेर पनि दिन सक्दैनौ, हामी आफु परिश्रम गरेर सजिलै बाच्न सक्नेहरुले आफु पनि बाचेर देशलाई पनि बचाउन चाहान्छौ l थोरै या धेरै जो जति कमाउछौ हामी हरेक महिनाको आफ्नो कमाई बाट सानो -सानो अम्स  (मुठ्ठी दान) छुट्यायर जो अनाथ असाहय छन्, जस्को अबिभाबक सबै गुमाउन पुगेर वा नाजुक आर्थिक अबस्थाका काराण सिक्षा दीक्षा बाटै बन्चित हुन पगेकाछन् तिनीहरुको खोजीनिती गरि तिनीहरुकै भबिस्यको लागि जुटिरहेकाछौ र जुटिरहनेछौ l हामी कुनै NGO/INGO पनि हैनौ र कसैको निजि सहयोग बाट चलेका पनि छैनौ, हामी आफु-आफै बाट हरेक महिनै पिच्छे सहयोग छुट्यायर अभियान संचालन गर्दै आइरहेकाछौ र निरन्तर यसै गरिरहनेछौ l यसमा स्व बिबेकले जो कोहिले सहयोग गर्न चाहानु हुन्छ भने हामी आभार साथ लिनेछौ, तर यति सहयोग दिनुहोस उति सहयोग दिनुहोस भनेर कदापि हात फैलायर भने जादैनौ l यसमा सरकारी तथा दात्री निकायको कुनै पनि सहयोगको अपेक्षा राख्दैनौ न कि हामी यस कार्यको कुनै प्रतिफल नै खोज्छौ l हामी निरन्तर जसरि बढिरहेका छौ त्यसरी नै अगाडी जानेछौ l बरु हुन सक्छ भने यस अभियानमा प्रतक्ष रुपमा साथ दिन भने सबै बिबेकसिल नेपालीहरुमाझ हार्दिक आवहान गर्दछौ किन भने यो देस हामी सबैको साझे हो l हिजो एक जना बाट सुभारम्भ भयर आज असि पचासिऔ जनामा पुगेकाछौ, यसो हुदै भोलि सय, दुई सय, पाच सय हुदै हजार पुग्न सक्यौ भने हामीले एउटा साच्चिकै गौरबसाली काम गरेर देशलाई दिन सक्छौ l यो देस हामी सबैको हो l पूर्वको एक नेपालीलाई चोट लाग्दा पश्चिमकोलाई दुख्नु पर्छ र उतरको नेपालीले आसु झार्दा दक्षिणकोले पुछ्नु पर्छ l हो हाम्रो अभियानको सार यहि हो l

“जसको कोहि छैन उसको लागि हामी ” भन्ने मूल नाराका साथ हामि अघि बढिरहेकाछौ  l